२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भोलिदेखि केटीएम नेपालको देशव्यापी एक्सचेन्ज र फाइनान्स क्याम्प

बुधवार , आषाढ ४, २०८२

काठमाडौं। केटीएम नेपालले देशव्यापी एक्सचेन्ज एण्ड फाइनान्स क्याम्पको घोषणा गरेको छ।

यस क्याम्प देशभरका सबै अधिकृत केटीएम शोरूमहरूमा १९ जुन (बिहीबार) बाट हुने कम्पनीले जनाएको छ।

देशभरका मोटरसाइकल पारखीहरूलाई आफ्नो पुरानो बाइक साटेर नयाँ केटीएम बाइक लिन सहज बनाउनु यस क्याम्पको उद्देश्य रहेको छ। वित्तीय सुविधाहरूको माध्यमबाट केटीएम स्वामित्वको अनुभवलाई अझै सुलभ बनाउन यस क्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले विश्वास लिएको छ ।

क्याम्पको मुख्य आकर्षण नागरिकताको आधारमा सजिलो एक्सचेन्ज प्रक्रिया रहनेछ। त्यस्तै, क्याम्पमा पुरानो मोटरसाइकलमा अतिरिक्त १५ हजार रुपैयाँको एक्सचेन्ज बोनस, प्रत्येक नयाँ केटीएम खरिदमा निःशुल्क ब्रान्डेड हेल्मेट पनि उपलब्ध गराइने छ।

त्यसैगरी, केटीएम २५० ड्यूकको नयाँ मूल्य ७ लाख १३ हजार ९०० रुपैयाँ कायम गरिएको जानकारी दिँदै कम्पनीले अर्को आर्थिक वर्षसम्म कर तिर्नु नपर्ने बताएको छ।

‘यस क्याम्प सीमित अवधिका लागि मात्र सञ्चालनमा रहनेछ । यसले ग्राहकहरूलाई सरल प्रक्रिया, अतिरिक्त लाभहरू र आकर्षक मूल्यको साथमा केटीएम मोटरसाइकलको स्वामित्व लिन प्रेरित गर्नेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फाइनान्स सुविधा पार्टनर बैंकहरूमार्फत उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट