काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई धरौटी माग भएको छ । विशेष अदालतले पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
बुधबार विशेष अदालतमा तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।
आदेशसँगै उनी धरौटी बुझाएर आज (बुधबार) नै घर जान पाउने छन् । नेपाल आज नै अदालतमा उपस्थित भएका थिए ।
नेपालका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, कृष्णप्रसाद भण्डारी, गोविन्द वन्दी, खम्बबहादुर खाती र रमन श्रेष्ठले बहस गरेका थिए ।
नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठलाई गैरकानुनी रूपमा हदबन्दीभन्दा बढी जग्गा किन्न र पछि बेच्न दिने निर्णय गराएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगले नेपालसहित अन्य ६५ जना प्रतिवादीविरुद्ध १८ करोड रुपैयाँ बराबरको बिगोसहित मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस