२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

बिहिवार , आषाढ १२, २०८२

काठमाडौँ । टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गरेको भन्दै गत असार १ गते उनी पक्राउ परेकी थिइन् ।

३१ वर्षकी उनी खोटाङ घर भई हाल भक्तपुर बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट