२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

शनिवार , आषाढ १४, २०८२

काठमाडौँ । परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र।३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई आज पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुर थाहा नगरपालिका–४ पालुङका २८ वर्षीय रवि कार्की, सोही नगरपालिका–१२ टिसटुङका ४६ वर्षीय वीरबहादुर गोले, हेटौँडा उपमहानगरपालिका–१४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ आपसी चोक निवासी ३१ वर्षीय महेश तमाङलाई पक्राउ गरिएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट