२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

बिहिवार , आषाढ १९, २०८२

काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज आफैँ अदालतमा हाजिर भएका थिए ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनी विरुद्ध मुद्दा दायर गरेको थियो । ‘साइबर ब्युरो ५९’ का नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो भने उच्च अदालत पाटनले पक्राउ नगर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट