२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एएआईबीको प्रारम्भिक रिपोर्ट : एयर इन्डिया विमान दुर्घटनाको मुख्य कारण ‘इन्धन आपूर्ति बन्द’

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । अहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ।

दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा उल्लेख छ।

लण्डन जाँदै गरेको बोइङ ७८७ ड्रीमलाइनर विमान रनवेबाट उडेको केही क्षणमै जमिनमा खस्दा जमिनका सहित गरेर कम्तीमा २६० जनाको मृत्यु भएको थियो। विमानमा सवारमध्ये केवल एक जना मात्र बाँच्न सफल भएका थिए।

अनुसन्धान प्रतिवेदनअनुसार, ककपिटमा रहेको इन्धन नियन्त्रण स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा परिणत भएपछि इन्जिनहरूमा इन्धन आपूर्ति रोकिएको थियो।

ब्ल्याक बक्सबाट प्राप्त ४९ घण्टा उडान डेटा र २ घण्टा ककपिट अडियोका आधारमा, विमानले १८० नट गति पुगेको बेला दुवै इन्जिनका इन्धन स्विचहरू एक सेकेन्डको अन्तरमा बन्द गरिएको पाइएको छ।

ककपिट अडियो अनुसार, एक पाइलटले अर्कोलाई ‘किन कटअफ गर्‍यौ ?’ भनेर सोध्दा, उसले ‘मैले गरेको होइन’ भन्ने जवाफ दिएको रिपोर्टमा उल्लेख छ।

त्यसपछि स्विचहरू पुनः सामान्य स्थितिमा फर्काइएको थियो र इन्जिन फेरि स्टार्ट हुने क्रममा नै विमान जमिनमा खसेको थियो।

बोइङ ७८७ मा ती स्विचहरू दुई पाइलटको सिट बीचमा, थ्रोटल नजिकै राखिएको हुन्छ र तिनीहरूलाई गल्तीले बन्द हुन नदिने विशेष सुरक्षा प्रणाली पनि जडान गरिएको हुन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट