२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

'प्रसाद २' का निर्माता सुवास थापा बैंकिङ कसुरमा दोषी ठहर

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । फिल्म निर्माता सुवास थापा ६२ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका छन्।

काठमाडौं जिल्ला अदालतले सोमबार गरेको फैसलामा थापाले फिल्म निर्माणको नाममा रकम उठाएर चेकमार्फत तिर्न खोजे पनि 'चेक बाउन्स' भएको भन्दै उनलाई दोषी ठहर गरेको हो।

न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी ठहर गरेको हो । यद्यपी, उनी अहिले अष्ट्रेलियामा रहेको बताइएको छ । ठगी गरेको जाहेरी प्रहरीमा परेलगत्तै उनी भागेर अस्ट्रेलिया पुगेका थिए।

फिल्म 'प्रसाद २' का सह-निर्माताका रूपमा केशव पाण्डेले थापालाई रकम दिएका थिए। तर, पाण्डेको नाममा निर्माण अनुमति नलिएर फिल्मको छायाँकन पूरा गरेपछि थापाले पैसा फिर्ता गर्न इन्कार गर्दै चेक दिएका थिए। तर, ती चेक बाउन्स भएपछि पाण्डेले प्रहरीमा जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट