काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरेको छ । घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले आजमात्रै पदबाट राजीनामा दिएका थिए ।
मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नहुने बताए । सांसद शाहीले गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरे ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’अडिओ सार्वजनिक भएको छ ।
प्रतिक्रिया दिनुहोस