२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इजरायलले सीरियामाथि किन शक्तिशाली हवाई हमला गर्यो, यस्तो छ कारण

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । इजरायलले सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई आक्रमण गरेको छ। अल जजिराका अनुसार, इजरायलले उक्त मुख्यालयमा दुईवटा ड्रोनमार्फत हमला गरेको हो।

अहिले सामाजिक सञ्जालमा आक्रमणको भिडियो भाइरल भइरहेको छ, जहाँ लाइभ टिभी कार्यक्रमका क्रममा बमबारी भइरहेको देखिन्छ।

उता दक्षिणी सीरियाको स्वेदा प्रान्तमा शिया ड्रूज र सुन्नी बेदोइन समुदायबीच पछिल्लो ४ दिनदेखि हिंसात्मक झडप चलिरहेको छ । जसमा अहिलेसम्म २५० जनाको मृत्यु भइसकेको छ।

इजरायली रक्षा मन्त्री इजरायल काट्जले सिरियाली सेना देशको दक्षिणी भागबाट नहट्ने हो भने आफ्नो सेनाले आक्रमण जारी राख्ने चेतावनी दिएका थिए। स्वेदा प्रान्तमा चार दिनसम्मको झडपपछि मंगलबार संघर्षविराम घोषणा गरिएको थियो, तर बुधबार पुनः हिंसा भड्किएको हो।

न्यूयोर्क टाइम्सका अनुसार, इजरायलको यो संलग्नताको दुई मुख्य कारण छन् । इरान समर्थक वा इजरायलविरोधी चरमपन्थी समूहहरूले सिरियाली सीमा नजिककमका ड्रूज बाहुल्य स्वेदा जस्ता क्षेत्रमा ठाँउ नबनाउन् भन्ने पहिलो चाहना।

दोस्रो, इजरायलमा बसोबास गर्ने ड्रूज समुदायका चासोहरूप्रति उत्तरदायित्व। उनीहरू इजरायली सरकारप्रति नजिक छन् । इजरायलले सोमबार र मंगलबार स्वेदा क्षेत्रमा सीरियाली सेना लक्षित हवाई हमला गरेको थियो। हालका महिनाहरूमा इजरायली सेनाले संयुक्त राष्ट्रसंघले गस्ती गर्ने बफर जोनमा नियन्त्रण कायम गरेको छ।

त्यस्तै, इजरायली सेना दमास्कसको दक्षिणतर्फ पसेको पनि खबर छ। असद शासनको समयमा भएका हतियार चरमपन्थी वा शत्रुका हातमा नपरोस् भन्ने बहानामा इजरायलले सिरियामा सयौं हवाई हमला गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट