काठमाडौं । साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ।२० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन भएको हो। उनी १५ वर्ष छँदा सन् २००५ मा लन्डनमा सैनिक तालिम लिँदै गरेका बेला कार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।
कतिपय समय उनका शरीरमा हुने स–साना अनियन्त्रित गतिविधिहरूले परिवारमा आशा जगाए। उनका परिवारले राजकुमारलाई निगरानीमै राखिएको कक्षमा पुगेर कुरान सुनाउँथे।
त्यतिबेला शरीरका केही अंगहरू चलेकोजस्तो देखिने भिडिओहरू पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ।
उनका पिता खालिद विन तलाल कुनै न कुनै समय ईश्वरीय चमत्कार हुने र आफ्नो छोरा ठीक हुने डाक्टरहरूलाई बताउने गर्थे।
राजकुमार वालिद स्लिपिङ प्रिन्स नामले चिनिन्थे। दुर्घटनापछि लामो समयदेखि होसमा नआएका कारण उनलाई स्लिपिङ प्रिन्स उपनाम दिइएको थियो।
प्रतिक्रिया दिनुहोस