२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गाजामा इजराइली सेनाको गोली प्रहारबाट ६७ जनाको मृत्यु, पछिल्लो तीन दिनमा ९० जनाको मृत्यु

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । गाजामा मानवीय सहायता लिनका लागि उपस्थित भएका मानिसहरूमाथि इजराइली सेनाले अन्धाधुन्ध गोली चलाएको छ। उत्तरी गजामा मानवीय सहायतको पर्खाइमा रहेकाहरूमाथि इजराइली सेनाले अन्धाधुन्ध गोली चलाउँदा ६७ जनाको मृत्यु भएको हो ।

पछिल्लो केही दिन यता गजामा भोकमरीले मानिसहरूको अवस्था विकराल छ। मानवीय सहायता पर्याप्त मात्रामा पुर्‍याउने अवस्था नरहेको परिस्थितीमा गजामा हजारौं मानिसहरू भोकमरीले आक्रान्त रहेको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो केही दिन यता गजामा मानवीय सहायता लिन उपस्थित भएका भिडमा गोली चल्ने क्रम बढेको छ। शनिबार पनि ३६ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। आइतबार अर्कै ठाउँमा मानवीय सहायता लिन उपस्थित भएका ६ जना पनि इसराइली सेनाको गोली लागेर मारिएका थिए।

मानवीय सहायता लिएर गएको ट्रक देख्ने बित्तिकै मानिसहरू त्यसलाई घेर्न थाल्छन्। भोका पेटहरू गोलीको परवाह नगरी दौडिने र ट्रकलाई घेर्न थाल्छन्। अनियन्त्रित भिडले ट्रक घेर्न थालेपछि सेनाले भोकाएका मानिसहरूमाथि गोली चलाउने गरेको रोयटर्सले लेखेको छ।

इजराइली सेनाले गोली चलाउँदा तीन दिनमै ९० जनाको मृत्यु भएको भनिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरुदेखि हालसम्म ७१ बालबालिकाको भोकले मृत्यु भइसकेको छ भने झन्डै ६० हजार बालबालिकामा कुपोषण देखिएको छ । भोककै कारण आइतबारमात्र १८ जनाको मृत्यु भएको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट