२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

बुधवार , श्रावण ७, २०८२

एजेन्सी । इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।

गाजा सहरको उत्तरपश्चिमी भागमा इजरायली लडाकु विमानले एउटा घरलाई निशाना बनाई आक्रमण गरेपछि छ जना बालबालिकासहित उनीहरूको मृत्यु भएको र अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

स्थानीय स्रोतले बताएअनुसार इजरायली लडाकु विमानले गाजा सहरको उत्तरपश्चिमस्थित आवासीय घरमा प्रहार गरेको बम घटनास्थलमा पुगेको एम्बुलेन्समा लागेपछि ठूलो सङ्ख्यामा मानिसहरूको आक्रमणको सिकार भएको जनाइएको छ ।

गाजा सहरको दक्षिणपूर्वी भागमा रहेको अल जायतुनमा रहेको सालाह अल दिन मस्जिद पछाडिको घरमा भएको अर्को हवाई आक्रमणबाट पनि मानिसहरू घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट