एजेन्सी । रुसमा ५० जना सवार एउटा विमान बेपत्ता भएको छ । बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो ।
रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४ विमान बेपत्ता भएको हो ।
सो विमान ६ जना क्रु मेम्बरसहित ५० जना बोकेर रुसको सुदूर पूर्व क्षेत्रमा उडेको थियो । चीनसँगको सीमामा रहेको अमुर क्षेत्रमा रहेको टेन्दा सहरका लागि उडेको उक्त विमान गन्तव्य नजिकै पुगेर हराएको थियो ।
विमानको खोजी कार्य जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस