एजेन्सी । रुसको अमुर क्षेत्रको पूर्वी भागमा हराएको करिब ५० जना बोकेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
रुसी उद्धारकर्मीहरूले बेपत्ता भइरहेको रुसी विमान टिण्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका हुन् । बेपत्ता पछि खोजी कार्यमा हेलिकोप्टर र ड्रोन प्रयोग गरिएको थियो ।
घटनास्थलबाट प्राप्त फुटेजमा विमानको भग्नावशेष घना जंगलमा जलिरहेको देखिएको बताईएको छ । उक्त विमान दुर्घटनामा कोही पनि जीवित नभएको अनुमान गरिएको छ । उद्धारकर्ताहरूले जहाज दुर्घटनास्थलमा जिवित मानिस भेटिने सम्भावना नरहेको बताएका छन् ।
अंगारा एयरलाइन्सको एएन–२४ विमानमा चालक दलका ६ जना सदस्यसहित ५० जना सवार थिए । जसमध्ये पाँच जना बच्चा थिए ।
विमान चीनको सीमा नजिक ब्लागोवेशचेङ्कबाट उडेको थियो । आफ्नो गन्तव्यभन्दा १६ किमी पर रहँदा विमान बेपत्ता भएको थियो । विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको थियो ।
प्रतिक्रिया दिनुहोस