२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

थाईल्यान्ड र कम्बोडिया सीमा विवादबीच झडप, १२ जनाको मृत्यु

बिहिवार , श्रावण ८, २०८२

एजेन्सी । थाईल्यान्ड र कम्बोडियाबीच सीमा विवादको कारण स्थिति तनावग्रस्त बनेको छ। आज बिहान सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप भएपछि अवस्था थप जटिल बनेको हो ।

बीबीसीले थाईल्याण्डका स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै सीमा झडपमा हालसम्म १२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । मृतकमध्ये एक जना सैनिक र ११ जना सर्वसाधारण छन्।

करिब १०० वर्ष पुरानो विवाद पछिल्ला केही महिनादेखि तनावपूर्ण अवस्थामा रहँदै आएको थियो, जसले अहिले सैन्य भिडन्तको रूप लिएको छ। झडपमा कम्बोडियाबाट तोप र रकेट प्रहार गरिएको थाइल्याण्डले दाबी गरेको छ भने थाइल्यान्डले कम्बोडियाली सैनिक ठेगानालाई निशाना बनाएर हवाई हमला गरेको छ।

यस घटनापछि क्षेत्रीय नेताहरूले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुबै देशका नेतृत्वसँग कुरा गर्ने बताएका छन्।

उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले थाई(कम्बोडियाली सीमा तनाव बढ्नुमा चीन ‘गहिरो चिन्तित’ रहेको बताएका छन्। उनले भने, ‘हामी आशा गर्छौं कि दुवै पक्षले संवाद र परामर्शमार्फत आफ्ना मुद्दाहरूलाई उचित रूपमा समाधान गर्ने छन्।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट