२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि सहमत, दुबै पक्षले विज्ञप्ति जारी गर्दै युद्ध विरामको घोषणा

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि सहमत भएका छन् । आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध विराम भएको बताए । यसअघि साताको सुरुवातमा नै राष्ट्रपति ट्रम्पले आफूले दुवै पक्षका नेतालाई भेटेर युद्ध विरामको पहल गरेको बताएका थिए ।

उनले सीमामा झडप जारी रहे युद्धमा सरिक हुने देशलाई व्यापार प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। यसै महिनाको सुरुवातमा नै ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थाइल्यान्ड र कम्बोडियामा पुग्ने अमेरिकी समानमा ३६ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।

आइतबार बिहानै कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले विज्ञप्ति जारी गर्दै आफ्नो देश युद्ध विरामका लागि तयार भएको बताउँदै यसका लागि प्रयास गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका थिए ।

उनले यसका लागि आसियनको नेतृत्व गरी रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट