२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

मंगलवार , श्रावण २०, २०८२

डोटी । डोटीका किसानले किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले गलाइएका किबीका बोटले फल नदिएपछि चिन्तित भएका छन् । करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फल नलागेपछि किसान चिन्तित भएका हुन् ।

बडिकेदार गाउँपालिका–४ रनुकाँडाका लक्ष्मण ताडीले चार वर्षअघि करिब पाँच रोपनी क्षेत्रफलमा किबीखेती सुरु गरेका थिए। अहिले फल नदिँदा मेहनत र लगानी दुवै गुम्ने अवस्थामा पुगेको उनले गुनासो गरे।

जिल्लास्थित कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा उदयसिंह कृषि तथा बहुउद्देश्य फार्म स्थापना गरेर किबीखेतीसति अन्य तरकारीखेती गरिरहेको चार वर्ष भएको जनाउँदै उनले किबीमा तीन/चार वर्ष लगातार लगानी गरिए पनि उत्पादन हुने समयमा समस्या देखिएको बताए ।

“किबी अरु फलभन्दा फरक हुन्छ । यसमा भाले र पोथी हुने भएकाले कम्तीमा पाँच वटा बोट लगाउँदा एउटा बोट भाले लगाउनुपर्ने हुन्छ । भालेबोट नभएका कारण यस्तो समस्या देखिएको हो । यसलाई ‘टपवर्किङ’का माध्यमबाट समस्या समाधान गर्न सकिन्छ”, केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले भने ।

उनका अनुसार जिल्लामा एक हजारभन्दा बढी किबीका बोट लगाइएका छन् । खेती गर्नेको सङ्ख्या कम भए पनि पछिल्लो समय किबीखेतीतर्फ आकर्षण बढिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार