२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सांसद शर्माको पहलमा सफल भयो दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा एक दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।

मोरङ जिल्ला बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिएका छन्।

यो कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक सफलतापूर्वक सम्पन्न भएको हो, जसले नेपाली चिकित्सा क्षेत्रमा अर्को नयाँ इतिहास रचेको छ।

यो जटिल सर्जरी कलेजो प्रत्यारोपण विशेषज्ञ डा. प्रविन विक्रम थापा, डा. रोशन घिमिरे, हेपाटोलोजिस्ट डा. सागर पौडेल, तथा एनेस्थेसियोलोजिस्ट डा. सुजता निरौला लगायतको दक्ष टोलीले सफल प्रत्यारोपण गरेका हुन्। बिरामी ३० वर्षीय रक्षा विगत सात वर्षदेखि जीवन र मृत्युको संघर्ष गरिरहेकी थिइन् ।

उनका बुबाले भावुक हुँदै भने, ‘मेरो लागि डा. सुनिल शर्मा भगवान बन्नुभयो डाक्टर सुनिल शर्मालाई म मनबाटै नमन गर्न चाहन्छु। हस्पिटलमा निसुल्क उपचारको व्यवस्था गर्दिनुभयो।’

काठमाडौं मेडिकल कलेज डा. शर्माको स्वामित्वमा रहेको संस्था हो। डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार