रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार पुगेको छ ।
आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनका लागि रूपन्देही पुगेको हो ।
सभापति लामिछाने रूपन्देही कारागारको ब्लक नम्बर ४ मा छन् । लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा सञ्चार माध्यममा विभिन्न समाचारहरु आइरहेको छन् । सोहीबारे अनुगमन गर्न आयोगको टोली आज कारागार पुगेको हो ।
कहीदिन यता कतिपय सञ्चार माध्यमले लामिछानेलाई कैदीबन्दीले पाउने सामान्य सुविधासमेत नदिइएको दाबी गरेका छन् भने कतिपय सञ्चार माध्यमले भीआइपी कैदीलाई दिइने सुविधा पूर्वगृहमन्त्री लामिछानेलाई दिइएको दाबी गरेका छन् ।
रवि सहकारी सम्बन्धि मुद्धामा कारागारमा छन् ।
प्रतिक्रिया दिनुहोस