२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सीएनआईका प्रतिनिधि र राजदूत तुलाधरबीच भेट, नेपाल-डेनमार्क सम्बन्ध विस्तारबारे छलफल 

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समितिका सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेनमार्कस्थित नेपाली राजदूत सुम्निमा तुलाधरबीच भेटवार्ता भएको छ ।

भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो । साथै, उत्पादनशील क्षेत्रहरु र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने बिषयमा छलफल भएको थियो ।

डेनमार्कमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षण साथै डेन्मार्कमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजनामा पनि दुवै पक्षबीच विचार विमर्श भएको थियो । भेटमा डेनमार्कमा रहेको नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार