२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चक्रे मिलनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बुधवार , श्रावण २८, २०८२

काठमाडौँ । गुन्डा नाइके भनेर चिनिने चक्रे मिलन (मिलन गुरुङ) लाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । अदालतले चक्रेसहित उनीसँगै पक्राउ परेका १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको छ ।

गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा साम्बाला होटलबाट चक्रे समूहका १९ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो ।

आदेशपछि उनीहरू धरौटी बुझाएर आजै रिहा हुने छन् ।

कोसँग कति धरौटी माग ?

१. चर्के मिलन भन्ने मिलन गुरुङ - ३० हजार

२. राजेश भन्ने रोजेश खड्का- ३० हजार

३. चन्द्र देव कार्की -१० हजार

४. प्रकाश गोले -१० हजार

५. आमिर आलेमगर -१०हजार

६ . उत्तम महर्जन -१० हजार

७ . प्रनिश कँडेल -१० हजार

८. राजु परियार -१० हजार

९ . रितिक लामा - २० हजार

१० .गणेशबहादुर बोगटी - २० हजार

११ .रोशन सुवेदी - १० हजार

१२. सन्दीप के.सी -१० हजार

१३ . राहुल खड्का -१०हजार

१४ . यामु पौडेल -१० हजार

१५ . सौरभ सुनार -१० हजार

१६ . डिल्लीराज कँडेल -२० हजार

१७. जीत बहादुर लामा - १० हजार

१८ .सफल भन्ने सुजल शाही- १० हजार

१९ . निराजन पौडेल - १० हजार

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट