२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालन, सांसद् शर्मा भन्छन्: 'सामूहिक सपना पूरा भयो'

शुक्रवार , श्रावण ३०, २०८२

विराटनगर । वर्षौँको प्रतीक्षा र राजनीतिक, प्रशासनिक उतारचढावबीच पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमा आएको छ।

मोरङ - ३ का सांसद् तथा नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र यस क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब्धि भनेका छन् ।

विसं. २०६१/२०६२ तिरै यो मेडिकल कलेज सञ्चालनको तयारी पूरा भए पनि जनआन्दोलनका कारण प्रक्रिया रोकिएको थियो। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा डा. सुनीलकुमार शर्माको पहलमा, मन्त्रिपरिषद् मार्फत कोशी अस्पतालसँग सहकार्य गरी मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको थियो। तर, विभिन्न कारणले उक्त निर्णय कार्यान्वयन हुन सकेन। निर्णय कार्यान्वयन नहुने भएपछि मेडिकल कलेज सञ्चालनको सपना फेरि नयाँ चरणबाट अघि बढाउनु परेको थियो ।

यसपटक योजनालाई पुनर्जीवित गर्न, डा. शेखर कोइराला र डा. शर्मा दुवै अग्रसर भए। स्थायी समाधानका लागि दीर्घकालीन रणनीति तयार पार्दै, उनीहरूले लगातार प्रधानमन्त्री, मन्त्रीहरू र सम्बन्धित निकायहरूसँग प्रत्यक्ष संवाद गरे। सरकारी संयन्त्रमा आवश्यक नीतिगत सुधारका लागि दबाब सिर्जना गरे र पूर्वाञ्चल विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगसँग प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्न सक्रिय भूमिका खेले।

अडिग प्रतिबद्धता, निरन्तर पहल र सशक्त संवादको परिणामस्वरूप, दुई दशकभन्दा बढी समयको प्रतीक्षापछि अन्ततः मेडिकल कलेज सञ्चालन सम्भव भएको हो। डा.शर्माले भने, “यो केवल एउटा शैक्षिक संस्था सुरु हुनु मात्र होइन, यो कोशी प्रदेशका जनताको स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको क्षेत्रमा नयाँ युगको सुरुवात हो । लाखौँ नागरिकले अब आफ्नै देशमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।” यस ऐतिहासिक उपलब्धिको अवसरमा डा. शर्माले योगदान दिने सबै पक्षलाई विशेष धन्यवाद दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले सामाजिक सञ्जालमा लेख्दै मेडिकल कलेज सञ्चालनलाई “विश्वविद्यालय स्थापनाको ३ दशकपछि प्राप्त ऐतिहासिक उपलब्धि” भनेका छन्। उनले लेखेका छन्, 'यस क्षेत्रका सांसद् नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाज्यू, डा. सुनील शर्माज्यू, जन प्रतिनिधिज्यूहरू, विश्वविद्यालयका पदाधिकारीज्यूहरू सबै प्रति हार्दिक आभार, धन्यवाद, बधाई ।'

डा. सुनीलकुमार शर्मा जनताको आवाज सुन्ने धैर्य, समस्या समाधान गर्ने दृढता, र परिणाम देखाउने क्षमता उनको पहिचान बनेको छ । आफ्नो क्षेत्रका स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा देखाएको निरन्तर पहलले उनले प्रमाणित गरेका छन् कि जनप्रतिनिधि भनेको केवल वाचा गर्ने होइन, प्रत्यक्ष परिणामका लागि जिम्मेवारीपूर्वक काम गर्ने हो ।

स्थानीयवासीहरूले मेडिकल कलेज सञ्चालनलाई यस क्षेत्रको इतिहासमा नयाँ अध्यायका रूपमा स्वागत गर्दै, यसले प्रदेशको स्वास्थ्य, शिक्षा र रोजगारीको स्वरूपलाई पूर्णरूपमा परिवर्तन गर्ने विश्वास व्यक्त गरेका छन्।

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद् हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार