२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रवि लामिछानेको स्वास्थ्यमा समस्या, स्वास्थ्यकर्मीद्वारा कारागारमै परीक्षण हुँदै

सोमवार , भाद्र २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।

सहकारी प्रकरणमा पुपर्क्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरको नख्खु कारागार ल्याइएको थियो ।

लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको छ । अहिले रगत परीक्षण भइरहेको छ ।

कारागार स्रोतका अनुसार सभापतिलाई जन्डिसको आशंका गरिएको छ । जन्डिसको आशंका हुनेबित्तिकै उनको रगतको नमूना परीक्षण भईरहेको छ ।

त्यस्तै, रास्वपा नेता दिपक बोहराले लामिछानेको छालाहरू पहेँलो भएको बताए । लामो समय बाहिर निस्कन नपाएको कारणले पनि हुनसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार