२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सहकारी ठगी प्रकरण जीबी राईका जेठान ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा

आइतवार , भाद्र ८, २०८२

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । आइतबार न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले मागेको धरौटी आइतबार नै बुझाएर बमजन धरौटी तारेखमा छुटेका छन् । फरार रहेका  उनी  आज (आइतबार) नै जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । आइतबार नै उनको बयान र थुनछेक बहस भएको थियो ।

उनी ठगीका प्रमुख योजनाकार गीतेन्द्रबाबु राई (जीबी) का जेठान हुन् । जीबी हाल फरार छन् ।

सूर्यदर्शन सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको रिपोर्ट प्रहरीले निकालेको थियो । सोही सहकारी ठगी प्रकरणमा ठगी अन्तर्गत ३१ जना, सङ्गठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ५ जनालाई प्रतिवादी बनाइएको छ ।

अध्यक्ष रहँदा बमजनले १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।

बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ ।

सहकारीबाट १ अर्ब ५१ करोड रुयैयाँ ठगी भएको भन्दै बिगो माग दाबी गरिएको छ । सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित केहीलाई यसअघि धरौटीमा रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट