काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्चले मनाङेलाई पदमुक्त गर्ने फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक गरेको हो ।
गत असार ४ गते सर्वोच्चले उनको पदमुक्त हुने फैसला सुनाएको थियो ।
सर्वोच्च अदालतबाट मिति २०८१/७/२० मा प्रत्यर्थी दीपक मनाङे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएको पूर्णपाठमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस