काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९७ हजार २ सय रुपैयाँ थियो। सुनको मुल्य तोलमा एक हजार ५०० र चाँदीमा पाँच रुपैयाँले बढेको छ ।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउले अघिल्लो दिनदेखि नै नयाँ रेकर्ड बनाइरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २३६० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला २३५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस