२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गण्डकी प्रदेशका क्यान्सर रोगीलाई एक लाखसम्मको उपचार खर्च उपलब्ध गराइने

शुक्रवार , भाद्र १३, २०८२

पोखरा । गण्डकी प्रदेश सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको छ । ‘क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०७९’ अन्तर्गत प्रदेशका क्यान्सर रोगीहरूलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी देशभरका विभिन्न ६ वटा प्रमुख अस्पतालहरूसँग सम्झौता गरिएको जनाएको छ ।

प्रदेश सरकारले काठमाडौँको वीर अस्पताल, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौँकै निजामती कर्मचारी अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र काठमाडौँको कान्ति बाल अस्पतालसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

गण्डकी प्रदेशमा स्थायी ठेगाना भएका बिरामीले मात्रै यस्तो सेवा पाउने स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिए । नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम सहुलियत प्राप्त गरिसकेको व्यक्तिलाई सेवा दिइने सरकारले जनाएको छ ।

सहुलियतका लागि बिरामी वा निजको नातेदारले अस्पतालमा पेस गर्नुपर्नेछ । सम्बन्धित अस्पतालले बिरामीको उपचारमा लागेको खर्च मन्त्रालयमा माग गरी शोधभर्नाका रूपमा प्राप्त गर्नेछ । बिरामीलाई भने नगद भुक्तानी नदिने मन्त्री पाठकले बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट