२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सकारात्मक प्रभावको एक दशक: ‘एक एक पाइला’को अभियान १०औँ वर्षमा प्रवेश

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । स्वास्थ्य सेवामा सक्रिय गैरनाफामुलक एवम् स्वयंसेवी संस्था ‘एक एक पाइला’ ले आफ्नो सेवामुलक योगदानको १० वर्षे यात्रालाई एक विशेष कार्यक्रम मार्फत स्मरण गरेको छ। अगस्ट ३० मा सम्पन्न उक्त कार्यक्रममा संस्थाको दशक लामो उपलब्धि, यसले पुर्‍याएको प्रभाव र भविष्यप्रतिको संकल्प प्रस्तुत गरिएको थियो।

कार्यक्रममा संस्थाको १० वर्षको यात्रालाई सम्झाउने स्मारिका पुस्तक विमोचन गरिएको थियो भने “हाम्रा पाइलाहरू” नामक छोटो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। यी दुवै माध्यमहरू मार्फत् ‘एक एक पाइला’को यात्रामा संलग्न व्यक्तिहरू, संस्थाले प्रदान गरेको सेवा र त्यसबाट लाभान्वित भएका समुदायहरूको कथा अभिलिखित गरिएको थियो।

सन २०१५ मा आएको विनाशकारी भूकम्पपछि सुरु भएको सानो स्वास्थ्य अभियान आज नेपालको विभिन्न भूभागमा परिचित संस्थाको रूपमा परिणत भएको छ। सर्वसाधारण नागरिक, स्वयंसेवी चिकित्सक, सामाज कल्याण परिषद्, स्थानीय तह, प्रादेशिक स्वास्थ्य कार्यालय, सुरक्षा निकाय तथा साझेदार संस्थाहरूको निरन्तरको साथ र सहयोगमा ‘एक एक पाइला’ले ३४ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै स्वास्थ्य केन्द्र र अस्पतालहरू समेत स्थापना गर्न सफल भएको छ।

संस्थाले आँखारोगको उपचार, दन्तरोगको उपचार, मातृ स्वास्थ्य सेवा, हाडजोर्नी सम्बन्धी रोग, रेडियोलोजी, क्षयरोगको उपचारदेखि लिएर सामान्य स्वास्थ्य परामर्शसम्मका सेवाहरू उपलब्ध गराउँदै आएको छ। सङ्कटको समयमा, विशेष गरी कोभिड–१९ महामारीको प्रतिकुल परिस्थितिमा, संस्थाका स्वयंसेवक र समर्थकहरूले जोखिम मोलेर विपन्न समुदायसम्म पुगेर हजारौँ मानिसलाई अत्यावश्यक औसधी उपचार र प्राणरक्षक स्वास्थ्य सेवाहरू उपलब्ध गराएका थिए।

१०औँ वार्षिकोत्सव कार्यक्रमले संस्थाको विगतको योगदानलाई स्मरण गर्ने अवसर प्रदान गर्नुका साथै यसले गर्ने आगामी यात्राको दिशाबारे विचार मन्थन र संकल्प गर्ने मौका पनि प्रदान गर्‍यो। कार्यक्रममा विगत एक दशकमा ‘एक एक पाइला’ सँगै हिँडेका, यसलाई समर्थन गरेका वा यसबाट स्वास्थ्य लाभ लिएका व्यक्ति र संस्थाहरूको अर्थपूर्ण उपस्थिति रहेको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार