२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भारतीय एआई प्लस स्मार्टफोन नेपाल ल्याउँदै सीजी ग्रुप

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले भारतको नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा एआई प्लस स्मार्टफोन ब्रान्ड नेपालमा ल्याउने भएको छ।

भारतमा भर्खरै सुरु गरिएको यस ब्रान्डलाई पूर्व रियलमी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा हाल नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसका संस्थापक एवं प्रमुख कार्यकारी माधव शेटले नेतृत्व गरिरहेका छन्। एआई प्लस स्मार्टफोनमा चल्ने नेक्स्टक्वान्टम ओएसलाई भारतको पहिलो सार्वभौम मोबाइल सञ्चालन प्रणाली मानिन्छ ।

यस सहकार्यबाट नेपाली उपभोक्ताले किफायती मूल्यमा उच्च प्रदर्शन गर्ने, आकर्षक डिजाइनयुक्त र विशेष रुपमा डाटा सुरक्षित राख्ने स्मार्टफोनको अनुभव पाउनेछन्।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “हामी नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यबाट नेपालमा एआई प्लस स्मार्टफोन ल्याउन पाउँदा अत्यन्त उत्साहित छौं। यो ब्रान्डले नवीनता, विश्वास र प्रयोगकर्ताको सशक्तिकरणलाई प्राथमिकता दिन्छ। नेपाली उपभोक्ताले अब विश्वस्तरीय सुरक्षा र उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन रोज्न सक्नेछन्।”

नेपालमा उपलब्ध हुने मोडलहरूः

एआई प्लस प्लस

– ६.७ इन्च एचडी प्लस डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट

– टी ६१५ चिपसेट

– विस्तारयोग्य मेमोरी – १ टेराबाइटसम्म

– ५० मेगापिक्सेल डुअल एआई क्यामेरा

– ५००० एमएएच ब्याट्री

– साइड फिङ्गरप्रिन्ट सेन्सर

– रङस् नीलो, कालो, हरियो, बैजनी, गुलाबी

एआई प्लस नोभा फाइभ जी

– ६.७ इन्च एचडी प्लस डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट

– टी८२०० चिपसेट

– विस्तारयोग्य मेमोरी – १ टेराबाइटसम्म

– ५० मेगापिक्सेल डुअल एआई क्यामेरा

– ५००० एमएएच ब्याट्री

– साइड फिङ्गरप्रिन्ट सेन्सर

– रङ: नीलो, कालो, हरियो, बैजनी, गुलाबी

यी दुवै स्मार्टफोनमा नेक्स्टक्वान्टम ओएस प्रयोग गरिएको छ, जसले प्रयोगकर्ताको व्यक्तिगत डाटा सुरक्षित बनाउँछ।

नेपाली बजारमा यसको महत्व थप विशिष्ट छ। अहिले उपभोक्ताहरू स्टाइल, लुक्स र डाटा सुरक्षाको संयोजन भएको स्मार्टफोन खोजिरहेका छन्। एआई प्लस स्मार्टफोनले किफायती मूल्यमै उच्चस्तरीय गोपनीयता, सुरक्षा र स्मार्ट सुविधाहरू उपलब्ध गराउनेछ, जसले विशेषगरी युवापुस्ता, व्यवसायिक वर्ग र परिवारलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

एआई प्लस स्मार्टफोनका प्रमुख कार्यकारी तथा नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसका संस्थापक माधव शेटले भने, “एआई प्लस केवल स्मार्टफोन मात्र होइन, यो प्रयोगकर्तालाई आफ्नै डिजिटल जीवनमाथि नियन्त्रण दिने माध्यम हो। सीजी मोबाइलसँगको सहकार्यमार्फत नेपालमा यो मोबाइल लञ्च गर्न पाउँदा हामी उत्साहीत र्छौं।”

एआई प्लस स्मार्टफोन श्रृंखला चाँडै नै नेपालभरका सीजी मोबाइलको खुद्रा बिक्री नेटवर्क तथा अग्रणी अनलाइन बजारमार्फत उपलब्ध हुनेछ। मूल्य र विशेष अफरहरूको जानकारी निकट भविष्यमा सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार