२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आइपिओ जारी गर्दै कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) सार्वजनिक निष्काशन गर्ने भएको छ ।

कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडकले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको हो भने ७० प्रतिशतले हुने रकम हाल धितोपत्र बोर्डको लगानी कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशनहरु तथा निर्देशिकाहरुको अधिनमा रही विभिन्न पर्यटन क्षेत्र अन्तर्गत विभिन्न केवलकार कम्पनीहरुमा, विभिन्न ऊर्जा कम्पनीहरुमा र कृषि उत्पादन क्षेत्रहरुमा लगानी गर्दै आइरहेको छ ।

आज भएको सो सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार