काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर कायम गरेका छन् । बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि तालिका सार्वजनिक गर्दै ब्याजदर घटाएका छन् ।
असोज १ गतेदेखि लागू हुने वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् ।
दुई वटाले बैंकले भने ब्याजदर बढाएका छन्। असोज महिनाका लागि स्टान्डर्ड चार्टर्ड बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ब्याजदर बढाएका हुन्।
ब्याजदर घटाउनेमा सिटिजन, सानिमा, एनआइसी, एभरेष्ट, एसबिआइ, कुमारी, नेपाल, प्राइम र कृषि विकास बैंक छन्।
त्यसैगरी, सानिमाको ०.५०, सिटिजनको ०.२५, कृषि विकास बैंकले ०.१५, एनआइसी ०.२५, प्राइम ०.५०, नेपाल ०.१५, कुमारी ०.२, एसबिआइ ०।२७ र एभरेष्ट ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।
खासगरी कम अवधिका लागि कम ब्याजदर र लामो अवधिका लागि धेरै ब्याजदर दिनेगरी बैंकहरूले नयाँ ब्याजदर तालिका बनाएका छन् ।
वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको अधिकतम ब्याजदर

प्रतिक्रिया दिनुहोस