२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुक्तिनाथ फाउन्डेसनद्वारा चौथो वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

बुधवार , आश्विन १, २०८२

काठमाडौं । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउण्डेशनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मिति २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ ।

यस अघि यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ । बागमती सरसफाई कार्यक्रममा सहभागिता, विश्व बातावरण दिवसको अवसरमा टोखा नगरपािलका लगायत देशका विभिन्न स्थानमा बृहत बृक्षारोण कार्यक्रम, बृद्धबृद्धाहरुलाई सम्मान तथा उनीहरुलाई आवश्यक खाद्य सामाग्रीहरुको वितरण लगायतका सामाजिक कार्यहरु गरिसकेको छ । चौंथो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरेको छ ।

सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने उक्त कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि., रोयल सहकारी लि. विन्द्यवासिनी म्यूजिक प्रा.लिको समेतको सहभागिता र समन्वयमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार