काठमाडौँ । शुक्रबार र शनिबार परेको अविरल वर्षापछि नेपालमा आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुःख व्यक्त गरेका हुन् ।
उनले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन भारत तत्पर रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनहानि र क्षति अत्यन्त दुःखद छ। यस कठिन समयमा हामी नेपालका जनता र सरकारसँग ऐक्यबद्ध छौँ। मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिकारकका रूपमा भारत आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ।’
प्रतिक्रिया दिनुहोस