२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड लाग्ने, मेची राजमार्गमा सबैभन्दा बढी क्षति

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । यस वर्षको मनसुनमा बाढीपहिरोका कारण क्षति पुगेका सडक र पुल पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्र १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको हो। गत वर्षको विपद्बाट क्षति पुगेका संरचनाको मर्मतका लागि बाँकी रहेको १ अर्ब ७० करोड रुपैयाँ समेत प्रयोग गरिनेछ।

मन्त्रालयका प्रारम्भिक विवरणअनुसार यस वर्ष सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ। सो राजमार्गको पुनर्निर्माणका लागि मात्र डेढ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। त्यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति र नारायणघाट–मुग्लिङलगायतका राजमार्ग मर्मतका लागि झन्डै तीन अर्ब ७७ करोड रुपैयाँ आवश्यक पर्नेछ।

क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणका लागि चार अर्ब ५२ करोड रुपैयाँ र बेलिब्रिज स्थापनाका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। वैकल्पिक सडक पुनर्निर्माणमा एक अर्ब ५९ करोड रुपैयाँ खर्च हुने देखिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार अवरुद्ध सडक सञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ। उनले भने, “सडक सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन भइसकेको छ, मन्त्रालयबाट कामको निरन्तर अनुगमन भइरहेको छ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट