२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तिहार नजिकिएसँगै गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्नमा व्यस्त

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थीत गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् ।

तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका हुन् । गुण्डुका प्राय सबै किसानका बारी यतिखेर मखमली फूलले ढकिढकाउ भएका छन् भने घर–घरमा माला गाँस्न किसानहरु व्यस्त छन् ।

गुण्डुमा उत्पादन भएका फूलहरुले उपत्यका लगाएत आसपासका जिल्लामा खपत हुने गरेको छ । भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुँदै आएका छन् ।

वर्षेनी मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारीहरू खेतबारीमा नै पुग्ने गरेका छन् । अहिले नगरपालिकाले समेत फूलको उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ । दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला लगाइदिने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ