२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विपिन जोशीको मृत्यु भएको पुष्टि, विपिनसहित ४ इजरायली बन्दीका शव आजै हस्तान्तरण गर्ने

सोमवार , आश्विन २७, २०८२

गाजा । हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । दुई वर्षअघि हमासको कब्जामा रहेका जोशी जीवित नरहेको पाइएको हो ।

हमासको सशस्त्र समूह कस्साम ब्रिगेडले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा मृत घोषित गरिएका चार बन्धकका नाममा विपिनको नाम पनि समावेश छ ।

विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र समूह कस्साम ब्रिगेडले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको छ ।

ब्रिगेडले आज चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा समेत गरेको छ ।

हमासले मृत इजरायली बन्धकहरूका केही शव अझै आफ्नै नियन्त्रणमा रहेको जनाएको छ ।

यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार