२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तिहारको उमंगलाई उज्यालोले भर्दै सिजी एलईडि

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । देशभरका उपभोक्ता माझ विश्वसनीय ब्रान्डका रूपमा परिचित सि जी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान उज्यालो भनेकै सि जी एल.ई.डि हरु सार्वजनिक गरेको छ। यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन समाधान पुर्‍याउनु हो।

सि जी एल.ई.डिलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले हाम्रो घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ। २४ महिनाको वारेन्टी सहित बजारमा उपलब्ध सि जी एल.ई.डि बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाईट, ब्याटेन लाईट र विभिन्न रंगका डेकोरेटिभ बल्बहरूले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएको छ।

चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको हो। आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सि जी एल.ई.डि उत्पादहरूले बजारमा बलियो स्थान बनाउन सफल भएका छन्।

सि जी इलेक्ट्रिकका नेसनल सेल्स हेड मदन खनालले भने, ‘‘सि जी एल.ई.डि ले केवल उज्यालो मात्र होइन, नेपाली घरको हरेक कुनामा खुशी र ताजगी पनि ल्याउँछ। हामी नेपाली उपभोक्ताको विश्वासप्रति सदैव कृतज्ञ छौं।”

सि जी एल.ई.डि उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रिक पसलहरूमा उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट