२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आक्रमण जारी राखे अमेरिकाले हमास विरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

शुक्रवार , आश्विन ३१, २०८२

वासिङ्टनडिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरुद्ध सैन्य कारबाही गर्ने बाध्य हुने बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवियता विरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताएका हुन् ।

हमासले बाँकी मृत बन्धकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिन पछि चेतावनी आएको हो ।

चेतावनी मार्फत उनले नागरिक र बन्धकहरू माथि मानवीयता माथि आक्रमण जारी रहेमा बलियो अमेरिकी कारबाहीको समना गर्नु पर्ने कुरामा जोड दिएका छन् ।

शवहरूको खोजी र हस्तान्त्रण गर्ने गम्भीर कार्यको वर्णन गर्दै, ट्रम्पले पत्रकारहरूलाई “यो जटिल प्रक्रिया भएको उल्लेख गरेका छन् ।

हतियारको सवालमा बोल्दै उनले, हमासले आफ्नो हतियारहरूका साथ आत्मसमर्पण गर्नुपर्ने कुरामा जोड दिए। यदि हमास समूहले यो नियमको पालन गर्न असफल भयो भने निर्णायक अमेरिकी कारबाहीको चेतावनी दिएका छन् ।

अमेरिकाले अर्जेन्टिनाको अर्थतन्त्रलाई स्थिर बनाउन २० अर्ब डलरको आर्थिक सहयोग प्याकेज घोषणा गरेको केही समयपछि ह्वाइट हाउसमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेसँग द्विपक्षीय भोजको क्रममा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार