एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता सुरु भएको छ ।
यस भेटवार्ताका क्रममा दुई नेताले व्यापार सम्झौताको बारेमा छलफल गर्नेछन् ।
दोस्रो कार्याकाल सुरू भएलगत्तै चीनसँग व्यापार युद्ध गरेका ट्रम्पले पहिलो पटक चिनियाँ राष्ट्रपति सीसँग प्रत्यक्ष वार्ता गर्न लागेका हुन् ।
बैठकअघि एक संक्षिप्त वक्तव्यमा ट्रम्पले बैठक धेरै सफल हुने आशा व्यक्त गरेका थिए । ‘दुई देशबिच सधैँ राम्रो सम्बन्ध रहेको छ’ विज्ञप्तिमा ट्रम्पले भनेका थिए ।
आफ्नो उद्घाटन भाषणमा सीले पनि ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेदेखि तीन पटक उनीसँग कुरा गरेको बताए । अमेरिकासँग मिलेर दुवै देश र सम्पूर्ण विश्वको हितका लागि महान् र ठोस काम गर्न अमेरिकासँग काम गर्न चाहेको सीले बताए ।
दुई देशबीचको सम्बन्ध उतारचढावमय भए पनि दुई राष्ट्रपतिको भेट सौहार्दपूर्ण ढंगले सुरू भएको छ । वार्ताका लागि प्रवेश गर्दै गर्दा ट्रम्पले वार्ता सफल हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस