२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रवि लामिछानेसँग जेनजी आन्दोलन घटनासम्बन्धी छानविन आयोगले लियो बयान

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिइको छ ।

लामिछानेलाई बुधबार नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो । जेनजी आन्दोलनका क्रममा नख्खु कारागार बाहिर निस्कनुपर्ने परिस्थीतिका बारेमा आयोगले लामिछानेसँग सोधपुछ गरेको बुझिएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने जनेजी आन्दोलनका क्रममा भाद्र २४ गते असुरक्षाका कारण देखाउँदै कारागारबाट बाहिर निस्केका थिए । यद्यपी लामिछानेले कारागार प्रशासनले नै पत्र दिएर आफुलाई घर पठाएको दावी गर्दै आएका छन् ।

यसअघि उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार