काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् ।
बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बोलाइएको हो ।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बारा जान लागेपछि बुधबारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनावग्रस्त भएपछि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी हुन् ।
बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
जेनजी युवाहरूले बुधबार सिमरा विमानस्थलमा तोडफोड गरेका थिए । बुधबार साँझ ८ बजेसम्म कर्फ्यु लगाइएको थियो । बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस