काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
बिहीबार दिउँसो जेनजी यसवाको प्रदर्शनको क्रममा प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको हो ।
प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा आउने क्रममा छ । जेनजी समूहलाई वार्ताका लागि बोलाइएको छ ।
जेनजीहरुले आफूलाई मुक्का प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग राखेका छन् । यस घटनामा दुई जना वडाध्यक्ष पक्राउ परेका छन् ।
बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपका कारण बाराको सिमरा बजार अशान्त बनेको थियो ।
अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस