२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगर किंग्सको लगातार दोस्रो जित, काठमाडौं गोर्खाजलाई ५ विकेटले हरायो

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ५ विकेटले पराजित गरेको हो ।

काठमान्डुले दिएको १३५ रनको सामान्य लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

विराटनगरका ओपनर लोकेश बम १४ रनमा आउट भए । जर्ज मन्सेले ३६ रन बनाए । मार्टिन गप्टिलले २५ रन बनाए । बसिर अहमद १९ रन, नरेन भट्ट २४ रन, कप्तान सन्दीप लामिछानेले नटआउट ९ र शुभम रन्जनेले नटआउट ६ रन बनाए ।

बलिङमा काठमाडौंका शाहब आलमले २ विकेट लिए । करण केसी, सन्तोष यादव र इरासमले १–१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

काठमाडौंका आदिल आलमलले अविजित ४८ रन बनाए । ओपनर बेन चार्ल्सवर्थले ३२ रन बनाए । सन्तोष यादवले २६ रन र जेरार्ड एरासमसले १० रन जोडे ।

त्यस्तै, बलिङमा विराटनगरका मर्चेन्ट डे लाङले २ विकेट लिए । कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान एक–एक विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट