काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । सोमबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको हो ।
यसअघि लगातार दुई खेल जितेको विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए । त्यस्तै, बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिनले १३ रन बनाए ।
बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २–२ विकेट लिए । आदित्य मेहताले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस