२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जितमा विराटनगर किंग्सको ह्याट्रिक, जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ ।

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनायो ।

जनकपुरको लागि निकोल लोफ्टी इन्टोनले सर्वाधिक ४१ रन बनाए । लाहिरु मिलान्था २३, आसिफ शेख १३, कप्तान अनिलकुमार शाह ४, सन्जय कृष्णमुर्ति २० र मायन यादव ४ रन बनाए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । सूर्य तामाङले २, मार्चेन डि लिंगेले र शिभम रन्जनेले एक–एक विकेट लिए ।

त्यसअघि, सोमबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियाे ।

यसअघि लगातार दुई खेल जितेको विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए । त्यस्तै, बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिनले १३ रन बनाए ।

बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २–२ विकेट लिए । आदित्य मेहताले एक विकेट लिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट