काठमाडौं । पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।
सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसंग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो ।
स्वदेश फर्किपछि सञ्चारकर्मीसंग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता पौडेलले सीमित स्रोत साधनकाबीच पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता हुन सफल भएको बताइन् ।
त्यस्तै प्रमुख प्रशिक्षकमा पुरनसिंह खत्रीले पछिल्लो दुई महिनाको मेहनतको फल विश्वकपमा उपविजेता बन्न सफल भएको बताए । उनले नेपाली टोलीले विश्वकपमा राम्रो खेल खेलेको उल्लेख गरे ।
दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा नेपालले पाकिस्तान, अष्टे«लिया लगाएतका देशलाई पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस