२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १४० रनको लक्ष्य

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । आरिफ शेखले २७ र ररमित सिंहले १९ रन बनाए ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए ।

त्यस्तै, नन्दन यादव २ र मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट