२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मधेशले उखु किसानलाई यसअघि दिइदैं आएको अनुदान निरन्तरता दिन संघीय सरकारलाई अनुरोध गर्ने

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । मधेश प्रदेश सरकारले उखु किसानलाई यसअघि दिइदैं आएको अनुदान रकमलाई निरन्तरता दिन संघीय सरकारलाई लिखित अनुरोध गर्ने भएको छ ।

बुधबार जनकपुरमा मधेश प्रदेश मन्त्रीपरिषद्ले केहि दिन अघि गरेका निर्णयबारे जानकारी गराउदै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उखु किसानले प्रति क्विन्टल ७० रुपैया अनुदान प्राप्त गर्दै आएकोमा हाल उक्त रकम प्राप्त नहुदा किसान तथा उद्योगसमेत समस्यामा परेकाले बक्यौता रकम अविलम्ब निकासा गरी भुक्तानीको व्यवस्था मिलाउन र आगामी वर्ष समेत उक्त अनुदान रकमलाई निरन्तरता दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गरिने जानकारी दिए ।

त्यस्तै धान काट्ने बेला अविरल वर्षाबाट ठूलो क्षति भएको र सो क्षतिको विवरण स्थानीय पालिकामा दर्ता गराएका किसानहरूलाई राहत स्वरूप १५०० रूपैयाँ प्रति कठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रिया सुरु गर्ने उनले बताए ।

त्यस्तै उनले स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरूलाई प्रति महिना २ हजारको दरले (जीवन निर्वाह) भत्ताको रूपमा दिने काम अगाडि बढाइरहेको पनि जानकारी दिए । बैठकले मधेश प्रदेशका आठवटै जिल्लामा मलको कृत्रिम अभाव, कालोबजारी र वितरणमा हुने अनियमितता नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको मुख्यमन्त्री यादवले बताए ।

उनले मधेश प्रदेश सरकारका बिरुद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन रहेको अवस्थामा दिर्घकालीन असर पर्ने कुनै काम नगरेको दावी गरे ।

अदालतले आफ्नो पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले आफु जति दिन पदमा रहेपनि मधेश प्रदेशका जनताप्रति उत्तरदायी भएर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ