२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएलमा किंग्सका डू प्लेसिसको कीर्तिमानी अर्धशतक

शनिवार , मंसिर २०, २०८२

काठमाडौँ । विराटनगर किंग्सका फाफ डू प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कीर्तिमानी अर्धशतक पूरा गरेका छन् ।

सुदूरपश्चिम रोयल्सका विरुद्धका उनले १९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी छिटो अर्धशतक हिर्काउने खेलाडी बने । यसअघि काठमाडौँ गोर्खाजका भीम सार्कीले पनि पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक पूरा गरेका थिए ।

जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आबद्ध विदेशी खेलाडी हर्मित सिंहले पनि काठमाडौँविरुद्ध १९ बलमा अर्धशतक जोडेका थिए । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार