२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रुकुम पश्चिममा सनासो प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

शनिवार , माघ ३, २०८२

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घटना शुक्रबार अपराह्नको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ । अभियुक्तले मादक पदार्थ सेवन गरी श्रीमतीमाथि सनासो प्रहार गरेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ